समाज

उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
फागुन - २४ । दुई नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदहरुले तीन जनाको ज्यान जाने गरी सोमबार सप्तरीमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई मंगलबार छुट्टाछुट्टै भेट गरी उनीहरुले घटनाका दोषीलाई कारबाही गर्न र गोली चलाउनेलाई निलम्बन गर्नसमेत माग गरेका छन् । घटनामा संलग्न दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको काँग्रेसका संसाद रञ्जित कर्णले जानकारी दिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै स्थिति सहज बनाउन सबैको सहयोगका लागि आग्रह गरे । उपप्रधानमन्त्री निधिले घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताए ।

puspa kamal dahal

विशेष