समाज

‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै

‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै
फागुन २५ । आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार भन्ने नाराका साथ नारी दिवस मनाईदै छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले शुभकामना व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ ।

International Woman Day

विशेष