रक्सीले मातेर आफ्नै साथी कुट्न थालेपछि पृथ्वीबहादुर पाण्डेका छोरा सिवान्त विवादमा
फागुन २५ । बाबुचाहिँ रक्सी छुँदै नछुने, अर्बौं सम्पत्तिको मालिक भनेर के गर्नु ? छोरो जाँडले फिट्टु भएर रात बिरात साथीलाई पिट्दै हिँडने । यस्तो भएको नेपालकै चर्चित इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेका छोरा सिवान्तको हकमा । शुक्रबार ललितपुर पुल्चोस्थित नयाँ सुपरमार्केट लबिम महलभित्र अवस्थित लेभल थ्री रेस्टुरेन्ट एण्ड बारमा भएको एउटा कुटपिटलाई सहमतिमा गुपचुप मिलाइएको छ ।
ललितपुर प्रहरीले मध्यराति १२ बजेको उक्त घटनासम्बन्धमा भोलिपल्ट सोधपुछ शुरु गरे पनि कारबाही प्रक्रिया भने अघि बढ्न पाएन । दुई मीनेटको सिसिटीभी फुटेज देखाएपछि इन्भेष्टमेन्ट बैंकको क्यापिटल मार्केटको सिइओ सिवान्तले गल्ती महसुश गर्दै माफी मागेका छन् । आफ्नै प्रेमिकासँग रात्रिकालीन शयरमा निस्केका सम्राटनर सिंह राणालाई सिवान्तले घोक्रो समात्ने क्रमबाट झडप सुरु भएको थियो । हुनेवाला श्रीमतीलाई जथाभावी बोलेको र कानसमेत फुक्ने गरेको देखेपछि अग्लो ज्यानका सम्राटले सिवान्तलाई भुइँमा थचारिदिएको बताइन्छ । पुरानै चिनजानका ती युवती र सँगै गएका पवन पाण्डेले छुट्याएका कारण घटनाले उग्ररुप लिन पाएन । –जनआस्था साप्ताहिकबाट