स्वास्थ्य

धुम्रपानको लत छ, थाहापाउनुहोस् यी १४ हानिकारक तत्वहरु

धुम्रपानको लत छ, थाहापाउनुहोस् यी १४ हानिकारक तत्वहरु

आज काल विद्यालय उमेरदेखि नै किशोरकिशोरी पनि चुरोटका अम्मली हुने गरेका छन् । अधिकांश चुरोट पिउनेहरु अरुको देखासिखी गर्दागर्दै धुम्रपानको लतमा फस्छन् । तर चुरोट पिउँदा हुने हानीको बारेमा भने खासै चासो देखाउँदैनन् ।

चुरोटमा निकोटिन तत्व पाइन्छ र सोही रसायनका कारण लाग्ने तलतलीका कारण चुरोटको लत बस्छ भन्ने कुरा धेरैलाई थाहा छ । चुरोट तथा सूर्तिमा निकोटिन रसायन पाइने कुरा धेरैलाई थाहा भएपनि चुरोटमा अरु धेरै हानिकारक रसायन पनि हुन्छन् भन्ने कुरा थाहा नहुन सक्छ । तर यथार्थ कुरा के हो भने चुरोटमा निकोटिन भन्दा पनि खतरनाक अन्य कैयन् रसायनहरु हुन्छन् । चुरोटमा हुन्छ यी १४ हानीकारक तत्व, थाहा पाए तपाईंले पनि चुरोट छाड्नुहुनेछ !

निकोटिनः चुरोटमा निकोटिन नामक रसायन उच्च मात्रामा पाइन्छ । सूर्तिबाट निकोटिन प्राप्त हुन्छ । यसले डिएनएमा क्षति पूर्याउने तथा क्यान्सर लगायतका रोग सिर्जना गर्नमा भूमिका खेल्छ ।

आर्से्निकः

आर्से्निक यस्तो धातु हो जसले रगतलाई विषाक्त पार्छ । यसले शरीरका महत्वपूर्ण कोषिकाहरुलाई नष्ट गर्दछ ।

बेन्जिनः

बेन्जिन एक प्रकारको पेट्रोकेमिकल हो । बेन्जिन त्यो रसायन हो जो ड्राइ क्लिनरमा लुगा सफा गर्न प्रयोग गरिन्छ । यो क्यान्सर गराउने एक तत्व हो र यसका कारण रक्तक्यान्सरको जोखिम उच्च हुन्छ ।

अलकत्राः

चुरोटमा अलकत्रा समेत पाइन्छ । चुरोट बल्दा अलकत्रा वा टार बन्दछ । त्यो अलकत्रा ठीक त्यही चिज हो जो सडकमा प्रयोग गरिन्छ । सोही कारण चुरोट पिउँदा दाँत पहेँलो हुने र फोक्सो कालो हुने गर्छ ।

एसिटोनः

नङ पालिस हटाउन प्रयोग गरिने झोल हो एसिटोन । चुरोटमा समेत सोही रसायन पाइन्छ । त्यस कारण चुरोट पिउने मानिसको वायुनली तथा फोक्सोमा नकारात्मक असर पुग्छ ।

कार्वन मोनोअक्साइडः

चुरोट तान्दा निस्कने धुँवामा ५ प्रतिशत कार्वन मोनोअक्साइड हुन्छ । यसले राता रक्तकोषको अक्सिजन बोक्ने क्षमतामा ह्रास पूराउँछ । यसका कारण फोक्सोमा असर पुग्नुका साथै विभिन्न खाले हृदयरोगको खतरा बढ्छ ।

फमाएल्डिहाइडः

यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पुर्याउँछ ।

क्याडिमयमः

चुरोटमा पाइने यो हानिकारक धातुले मिर्गौलामा असर पुर्याउँछ ।

नाइट्रोजन अक्साइडः

यो विषाक्त ग्यासले फोक्सोमा नकारात्मक असर पुर्याउनुका साथै रगतलाई पनि विषाक्त बनाउँछ ।

क्रोमियमः

यो हानिकारक धातुले क्यान्सरको खतरा बढाउँछ । यसले डिएनएमा पनि क्षति पुग्छ ।

कपूरः नाप्थालिन भनिने यो रसायन शरीरका लागि निकै हानिकारक हुन्छ ।

एमोनियाः

यही रसायनका कारण चुरोट तान्ने मानिसको सास ठुस्स गन्हाउँछ । यसले समेत मानिसमा लत बसाल्ने काम गर्छ ।

हाइड्रोजन साइनाइडः

यो निकै विषाक्त रसायन हो । यसले वायु नली तथा फोक्सोमा क्षति पुर्याउँछ ।

शिशाः

शिशा निकै हानिकारक रसायन हो । यो निकै विषाक्त रसायन पनि हो । यसले रगतलाई विषाक्त बनाउनुका साथै मात्रा बढि भयो भने मानिसको ज्यानै जान सक्छ । यो क्यान्सर गराउने तत्व पनि हो ।

No Smoking

विशेष