खेल
इब्राहिमोविचलाई फुटबल संघले लगायो तीन खेलमा प्रतिबन्ध
बुधबार, २५ फागुन २०७३ गते प्रकाशित

फागुन–२५ । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोविचलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।
इङ्ल्याण्डको फुटबल संघले गत शनिबार प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदानमा बोर्नेमाउथका डिफेन्डर टाइरोन मिङसलाई जानाजान कुहिनाले हानेको आरोपमा इब्राहिमोविचलाई आगामी तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
युनाइटेडका लागि यो सिजन सर्वाधिक गोल २६ गोल गरेका इब्राहिमोविचले पनि फुटबल संघले लगाएको प्रतिबन्धलाई स्वीकारेका छन् । उनले एफए कपको क्वाटरफाइनलमा चेल्सीविरुद्ध तथा प्रिमियर लिगको दुई खेल मिडल्सब्रोग र वेष्ट ब्रुमविरुद्धको खेलमा खेल्न नपाउने भएका हुन् ।
इङ्ल्याण्डको फुटबल संघ
इब्राहिमोविच
प्रतिबन्ध
म्यानचेस्टर युनाइटेड