खेल

घरेलु मैदानमै आर्सनलको लज्जास्पद हार, नकआउट चरणबाट बाहिरियो

घरेलु मैदानमै आर्सनलको लज्जास्पद हार, नकआउट चरणबाट बाहिरियो
फागुन–२५ । आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको छ । आर्सनल वायर्न म्युनिखसँग दुई लेगबाट समग्रमा १०–२ को लज्जास्पद हार व्यहोर्दै बाहिरिनु परेको हो । आर्सनल पहिलो र दोस्रो लेगमै ५–१ गोलले पराजित भयो । दोस्रो लेगमा आर्सनलको लागि २० औं मिनेटमा सुरुवाति अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा पाएको पेनाल्टीबाट रोबर्ट लेनावान्डोस्कीले वायर्नको लागि बराबरी गोल फर्काए । उक्त समयमा कोसेल्नीले डिबक्स भित्र वायर्नका लेनावान्डोस्कीलाई धकेलेको भन्दै रातो कार्ड खाएर बाहिरिन बाध्य भएका थिए । ६८ औं मिनेटमा आर्जेन रोबेन, ६८ औं मिनेटमा डगलस कोस्टा, ८० र ८५ औं मिनेटमा भिडालले गोल गरेपछि वायर्नले खेल ५–१ ले जितेको हो । सन् २००९ मा वायर्नले पोर्चुगलको स्पोर्टिङ लिस्बन क्लबलाई १२–१ को खराब नतिजाका बीच हराएको थियो। जुन अहिले पनि कुनै क्लबले च्याम्पियन्स लिगको नकआउट चरणमा भोगेको सबैभन्दा खराब नतिजा हो ।

आर्सनल च्याम्पियन्स लिग

विशेष