खेल

च्याम्पियन्स लिग : रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग : रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश
फागुन–२५ । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत मंगलबार राति भएको खेलमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ६–२ को जितसहित साविक विजेता मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो । नापोलीको मैदानमा भएको खेलमा मड्रिडका लागि सर्जियो रामोस र अल्भारो मोराटाले गोल गरे । अर्को एक गोलका लागि नापोलीका ड्रिस मर्टेन्सको आत्मघाती गोल गरे । खेलको २४ औं मिनेटमा मर्टेन्सले नै नापोलीको लागि सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा नापोलीले मड्रिडलाई १–० ले पछि पार्न सफल भएको थियो । तर दोस्रो हाफमा मड्रिडले दुई गोल गरे भने एक गोल उपहार स्वरुप पाए । खेलको ५१ औं मिनेटमा रामोसले मड्रिडका लागि बराबरी गोल फर्काएका थिए । ५७ औं मिनेटमा मर्टेन्सले आत्मघाती गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै इन्जुरी समयमा मोराटाले गोल गर्दै मड्रिडलाई ३–१ को जित दिलाए । पहिलो लेगमा पनि रियल ३–१ ले नै विजयी भएको थियो ।

क्वाटरफाइनल च्याम्पियन्स लिग रियल मड्रिड

विशेष