स्वास्थ्य
इन्फुलएन्जाबाट सर्तक रहन अपिल
बुधबार, २५ फागुन २०७३ गते प्रकाशित

फागुन–२५ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भने ।
त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिएका थिए । रासस
इन्फुल्एन्जा
जलवायु परिवर्तन
तनहुँ