समाज

नारी दिवसको अवसरमा नेपाल-भारत फाउण्डेशनद्वारा तीन दिने कार्यक्रम सम्पन्न

नारी दिवसको अवसरमा नेपाल-भारत फाउण्डेशनद्वारा तीन दिने कार्यक्रम सम्पन्न
फागुन - २५ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लागि बीपी कोइराला भारत नेपाल फाउण्डेशनले सञ्चालन गरेको तीन दिने कार्यक्रम सम्पन्न भएको छ । उक्त फाण्डेशनले कार्यक्रम मार्च ६ देखि मार्च ८ सम्म काठमाडौंका विभिन्न ठाउँहरुमा आायोजना गरेको थियो ।
पहिलो दिनमा पद्म श्री अवार्ड विजेता तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँग नेसनल ल कलेजका एक सयभन्दा वढी विद्यार्थीले अन्तक्रिया गरेका थिए । उक्त अन्र्तक्रिमा कोइरालाले चेलीबेटी बेचबिखानको विषयसँगसँगै चेलिबेटी बेचबिखानसम्बन्धी कानूनको बारेमा पनि ल कलेजका विद्यार्थीलाई जानकारी दिएकी थिइन् । दासा्रे दिन ७ मार्चमा नेपाल भारत पुस्तकालयमा राष्ट्रिय मानव अधिकार आयोगीकी सदस्य मेहना अनसारीसँग अन्र्तक्रिया गरिएको थियो । उक्त कार्यक्रममा सयभन्दा वढी महिला अधिकारर्मीहरुको सहभागिताा रहेको थियो । अनसारीले अधिकारसम्बन्धी कार्यक्रममा महिला र पुरुष दुबैको बराबर सहभागिता हुनुपर्ने धारणा पोखेकी थिइन् । कार्यक्रममा परनिर्भर भएका महिलाहरुके जीवनकथामा आधारित डकुमेन्ट्रि पनि देखाइएको थियो ।
तेस्रो दिनको फाण्डेशनले पाटन दरबार क्षेत्र, हनुमान ढोका दरबार क्षेत्र र दरबार मार्गमा सडक नाटक प्रदर्शन गरेको थियो । ‘शिक्री’ शीर्षकको उक्त सडक नाटक महिला शशक्तिकरण संस्थाको संयुक्त आयाोजनामा प्रस्तुत गरिएको थियो । उक्त नाटकमा सुमेरु सरोबर थियटर समूहका कलाकारहरुको सहभागी रहेको थियो ।

BP Koirala India-Nepal Foundation नारी दिवस

विशेष