देश

गर्मी बढेसँगै भेँडीगोठ लेकतिर

गर्मी बढेसँगै भेँडीगोठ लेकतिर
फागुन - २५ । जाडो मौसम छल्नका लागि बेँसीतिर सारिएका भेंडीगोठ पुनः लेकतिर सर्न थालेका छन् । हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडामा आइपुगेका भेंडीगोठ गर्मी बढ्न थालेकाले लेक र खर्कमा फर्कन थालेका हुन् । उत्तरपश्चिम लमजुङका भेंडीगोठ मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । विशेष गरी दूधपोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काखलगायतका ठाउँ भेंडिगोठको लागि प्रख्यात छ ।

भेँडीगोठ

विशेष