खेल

'ए डिभिजन लिग'को लागि तयारी हुँदै, काठमाडौंका १२ क्लबको सहभागी हुने

'ए डिभिजन लिग'को लागि तयारी हुँदै, काठमाडौंका १२ क्लबको सहभागी हुने
फागुन–२५ । एफसीको प्रतिनिधि मण्डलले बुधबार एन्फा कम्प्लेक्समा 'ए डिभिजन' क्लबका अधिकारीहरुसँग शहिद स्मारक 'ए डिभिजन लिग'को मितिको लागि छलफल गरेको छ । एफसीले एन्फालाई दुई वर्ष देखि हुन नसकेको फुटबल लिगको आयोजना गर्न मद्दत गरिरहेको छ । यसका लागि एफसीले अप्रिल देखि नोभेम्बर सम्म चल्ने लिगको तालिका पनि देखाएको थियो । खेलको मैदान भने निश्चित भइसकेको छैन । २०१७ को लिगमा काठमाडौंका मात्र १२ क्लब सहभागी हुनेछन् । काठमाडौं उपत्यका बाहिरका क्लबले एफसी क्लबबाट अनुमति पत्र लिएपछि २०१८ बाट मात्र खेलाउने बताइएको छ । खेल हरेक हप्ताकाे शुक्रबार र शनिबार खेलाइने बताइएकाे छ । २०१७ को 'ए डिभिजन लिग'मा थ्री स्टार क्लब, मनाङ मस्र्याङदी, नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युवा क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, सरस्वती युवा क्लब र ब्रिगेड बोइज क्लबको सहभागि हुनेछ । प्रतियोगिताको विजेताले पुरस्कार भने १ करोड भन्दा कम पाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुने क्लबहरुले खेलको र तयारी क्रमको खर्च पाउने छन् ।

ए डिभिजन लिग एफसी काठमाडौं

विशेष