देश

मोटरसाइकल दुर्घटनामा प्रहरीसहित दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरीसहित दुई जनाको मृत्यु
फागुन - २५ । कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिं ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले बताए। मृतकहरु काका–भतिजा भएको बताइएको छ । शाहीले चलाएको से ४ प ७१६५ नं को मोटरसाइकल सडक छेउको खम्बासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

road accident

विशेष