खेल

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि शसस्त्र प्रहरीलार्इ

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि शसस्त्र प्रहरीलार्इ
फागुन–२५ । इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि शसस्त्र प्रहरीले जितेको छ । सुदुरपश्चिमाञ्चललाई ८ विकेटले हराउँदै शसस्त्रले उपाधि जितेको हो । टस जितेर पहिले ब्‍याटिङ गरेको सुदुर पश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ५७ रन बनाएको थियो । जवाफि ब्‍याटिङमा आएको शसस्त्रले १४ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उपाधि विजेता शसस्त्रले ट्रफि सहित १ लाख रुपैया प्राप्त गर्यो भने सुदुरपश्चिमाञ्चलले ५० हजार प्राप्त गर्यो ।

इटहरी प्रधानमन्त्री कप महिला क्रिकेट शसस्त्र प्रहरी

विशेष