समाज

चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फागुन २६ । चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

राप्ती नगरपालिका १ लोथरमा बुधबार बेलुका साढे ७ बजे ना १ क ३६९४ नम्बरको बसले बा ७९ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक, मकवानपुर हेटौडा १ का २८ वर्षीय रमेश ढकालको गम्भीर घाइते भई उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ ।

ठक्कर दिने बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय चितवन भण्डाराले नियन्त्रणमा लिएको छ ।

Accident

विशेष