खेल

वल्ड क्रिकेट लिग च्याम्पिनसिप खेल्न केन्याली टोली नेपाल आइपुग्दै

वल्ड क्रिकेट लिग च्याम्पिनसिप खेल्न केन्याली टोली नेपाल आइपुग्दै

फागुन २६ । आइसीसी वल्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ चरणको खेलका लागी केन्याली टोली आज काठमाडौं आउदैछ ।

नेपाल विरुद्धको खेलका लागी खेल पदाधिकारी र १४ सदस्यीय केन्याली टोली मध्यान्ह १२ बजे काठमाडौं आईपुग्ने छ । एक साताको भारत प्रशिक्षण पछि केन्याली टोली त्यहीबाट काठमाडौ आउन लागेको हो । राकेप पटेलको कप्तानीमा रहेको केन्याली टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीले भोली मैदानको निरिक्षण गरेर सामान्य अभ्यास गर्नेछ । केन्याली टोलीमा चर्चित खेलाडिहरु इरफान करिम, एलेक्स ओबान्डा, धिरेन गोन्डारीया लगायत छन् ।

भ्रमणकारी टोलीमा सन् २००३ मा केन्यालाई बिश्वकप क्रिकेटको सेमिफाईनलमा र्पुयाउन महत्वपुर्ण योगदान गरेका अलराउण्डर कोलिन्स ओबुया पनि छन् । बल्र्ड क्रिकेट लिग च्याम्पियन्सीपका शीर्ष चार टोलीले बिश्वकपको छनौट खेल खेल्न पाउने भएकाले नेपाली टोलीलाई केन्याबिरुद्ध घरेलु भूमिमा जित्नै पर्ने दबाब छ ।

८ खेलको समाप्तीमा ६ अंक जोडेको नेपाल तालिकाको छैटौ स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको केन्या नेपाल भन्दा एक स्थान माथि पाँचौ स्थानमा छ । लिग अन्र्तगत नेपाल र केन्याबीचका दुवै खेल कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आगामी शनिबार र सोमबार हुनेछ ।

Kenya cricket Team

विशेष