समाज

खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार बजारमा ल्याउने

खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार बजारमा ल्याउने

फागुन २६ । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ ।

सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो ।

संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) लाई दिएको छ । संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ ।

Khanepani

विशेष