मनोरञ्जन

रणवीर कपुर गए जेल

रणवीर कपुर गए जेल

फागुन २६ । बलिउड अभिनेता संजय दत्तको वायोपिक जनवरीबाट सुटिङ भइरहेको छ ।

त्यसका लागि रणवीर कपुरले कडा मेहेनत गरिरहेका छन् । फिल्मका लागि १३ केजी मोटाएका रणवीर साता दिनका लागि जेल बस्ने भएका छन् ।

आफूले निर्वाह गरेको भूमिकामा थप स्वभाविक देखिन् उनले यस्तो निर्णय लिएका हुन् । जेल बसाइका लागि रणविर हिजो भोपालको सिटी जेल पुगेका छन् । त्यहाँ उनले जेल जीवनलाइ प्रत्यक्ष अनुभव गर्नेछन् । अवैध हतियार राखेको अभियोगमा संजय दत्त पाँच वर्ष जेल बसेका थिए ।

त्यसैगरी फिल्ममा संजयका बाबु सुनिल दत्तको भूमिकामा परेश रावल देखिने भएका छन् भने फिल्ममा सोनम कपुर सजंयको पहिलो प्रेमिकाको भूमिका हुनेछिन् ।

Ranabeer Kapoor

विशेष