नेपाल फिफा वरियतामा ३ स्थान माथि उक्लिन सफल
फागुन–२६ । नेपालले विश्व फुटबल वरियतामा ३ स्थान माथि सुधार गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७० औं स्थानमा पुगेको छ । दुई स्थान तल झरेको भारत दक्षिण एसियाली देशमध्ये सबैभन्दा माथि १३२ औं स्थानमा छ ।
नेपाल यसअघि १ सय ७३ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशबाट माल्दिभ्स १४० औं स्थानमा यथावत रहेको छ । त्यस्तै भुटान १९७ र पाकिस्तान १९८ औं स्थानमा यथावत छ । दक्षिण एसिया छाडेर मध्य एसियामा गएको अफगानिस्तान भने ५ स्थान तल झर्दै १५६ औं स्थानमा पुगेको छ ।
विश्व वरीयतामाको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा कायमै छ ।
नेपाल
फिफा
फिफा वरियता