फुड स्वास्थ्य

गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु

गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु
फागुन–२६ । प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन खानेकुराका कारण अकालमा ज्यान जानेको सङ्ख्या धेरै रहेको बताइएको हो । दक्षिण एसियाली मुलुकमा मात्र बर्सेनि १५ करोड मानिस बिरामी पर्नुका साथै एक लाख ७५ हजारले ज्यान गुमाउने गरेको बताइएको छ । जस्मा छ करोड बालबालिका बिरामी पर्ने र तीमध्ये ५० हजारको मृत्यु हुने गरेको छ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले अनावश्यक रासायनिक वस्तु प्रयोगका कारण धेरै खाद्य वस्तुको गुणस्तरमा कमी हुने र बिरामी पर्ने गरेको बताए । उनले सम्पूर्ण नेपालीलाई स्वच्छ खानेकुरा खुवाउनका लागि आफ्नो मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले सबै नेपालीले स्वच्छ खाना प्रयोग गरुन् भन्ने उद्देश्यका साथ विभागले वर्षको एक दिन कार्यक्रम गर्दैआएकामा यस वर्षदेखि फागुन महिनाभरि मनाउन लागेको बताए । यस्तै विभागले राजमार्ग वरपर रहेका होटलको खाद्य परीक्षण, फुटपाथका खाद्य वस्तुको परीक्षण, दूध तथा पानीको स्वच्छता मापन गरी आवश्यक निर्देशन दिनुका साथै स्वच्छ खाना खाएर स्वस्थ व्यक्ति आग्रहसमेत गरेको छ । रासस

गुणस्तरहीन खानेकुरा मृत्यु विश्व

विशेष