समाज

जाजरकोटकाे बस दुर्घटनामा ११ को मृत्यु, ३९ घाइते

जाजरकोटकाे बस दुर्घटनामा ११ को मृत्यु, ३९ घाइते
फागुन–२६ । जाजरकोटको पासाघाटमा भएको यात्रुबहाक बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । बिहिबार दिउँसो ४ मा लु ३ ख २२७१ नम्बरको बस दुर्घटनामा परेको हो । खलंगाबाट छुटेको उक्त बसमा ५० जनाभन्दा बढी यात्रु सवार थिए । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने भेरी मालिका नगरपालिकास्थित पासाघाटमा बस दुर्घटना भएको हो । घटनास्थलमा उद्धार टोली र प्रहरीले मृतकका शवहरु संकलन गरिरहेका छन् । घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जाजरकोट यात्रुबहाक बस दुर्घटना

विशेष