प्रवास फुड

अष्ट्रेलियामा ’सेफ्स पप अप डिनर’ सम्पन्न

अष्ट्रेलियामा ’सेफ्स पप अप डिनर’ सम्पन्न

फागुन - २६ । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहर्काय र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिने नेपाली खाना प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । ’सेफ्स पप अप डिनर’ नाम दिइएको उक्त कार्यक्रममा नेपाली परम्परागत खानालाई आधुनिक शैलीमा फ्युजन गरी प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक खानालाई अन्तराष्ट्रिय जगतमा अभिवृद्धि गर्दै नेपालको पर्यटन व्यवसायलाई समेत योगदान दिने उद्देश्य गरिएको हो बरिष्ठ तबला बादक धिरेन्द्र श्रेष्ठको समूहको सुमधर संगीतले कार्यक्रमलाई थप नेपालमय बनाएको थियो । नेपाली युवा व्यवसायीहरुले संचालन गरेको प्रख्यात रेष्टुरेण्ट क्याफे ६३, स्टेनली स्ट्रीटमा सम्पन्न उक्त कार्यक्रमा टु टेवलका सेफहरु सुरज प्रधान, शिशिर कंडेल, निरज प्रधान लगायतका सेफहरुको टिमले विविध खालका स्वादिष्ट परिकारहरु पस्किएका थिए । अष्ट्रेलियमा विविध पेशा र व्यवसायमा आवद्ध नेपालीहरुले कार्यक्रमलाई आपसी भेटघाट र मेलमिलाप थलोको रुपमा प्रयोग गरेका थिए । कार्यक्रमा क्युनस्फोर्ड कलेजका कमर्सीयल कुकरी विभागका प्रमुख स्टेफन फरलंगले नेपालीखानाका परिकार र कलात्मक प्रस्तुतिले आफू लोभीएको बताय । त्यस्तै टु टेवलका सेफ कंडेल र प्रधानले परम्परागत नेपाली खानाको महत्व र त्यसको आधुनिक प्रस्तुतिको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए । नेपाली खानालाई फ्युजन गरेर प्रस्तुत गर्दा यसको महत्व र अन्तराष्ट्रिय पहिचानमा सहयोग पुग्ने उनीहरुले धारणा राखे । यसैगरि युनिग्लोव विजनेश ग्रुपका निर्देशक उमेश खड्का र क्याफे ६३ का संचालक रोशन कंडेलले यस्तो कार्यक्रम अष्ट्रेलियामानै पहिलो चोटी आयोजना गरिएको र अवका दिनमा यसलाई अझ विशाल, व्यवस्थित र भव्य रुपमा संचालन गर्नको लागि थप उर्जा प्रप्त भएको बताए। साँझ साढे पाँच बजेदेखि शुरु भएको सो कार्यक्रमा भुटेको तथा पोलेको मकै, मोही, मकैको रोटी, ट्राउट माछा, चुकौनी, काक्रा गुन्दु्रकको अचार, खसिको मासु कोदाको ढिडो र जुजुधौ दहि लगायतका परिकाहरुको व्यावस्था गरिएको थियो । कार्यक्रमा व्रिशवेनस्थित नेपाली शैक्षिक परामर्शदाताहरु, कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरु लगायत दुई सय भन्दा बढिको सहभागिता रहेको थियो । आयोजकले आगामी अप्रिलमा अष्ट्रेलियाको सिड्नीमा वृहत नेपाली खाना महोत्सवको आयोजना गरिने बताएका छन् ।

सेफ्स पप अप डिनर

विशेष