समाज

चाबहिल–बौद्ध–जोरपाटी सडकमा कालोपत्रमाथि ढल

चाबहिल–बौद्ध–जोरपाटी सडकमा कालोपत्रमाथि ढल
फागुन–२६ । चाबहिल–बौद्ध–जोरपाटी सडकमा ढल फुटेर यातायात सञ्चालन र सडकपेटीमा आवतजावत गर्नमासमेत समस्या भएपछि सरोकारवाला निकायका अधिकारीले बिहीबार अनुगमन गरेको छ । यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँल, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले उक्त सडकको अनुगमन गरी ढल सफा गरेर सडकमा ढल नआउने वातावरण बनाउने प्रतिबद्धता जनाए । ढल फुटेका स्थानमा सफा गरी नफुट्ने गरी राख्न काउखालीलाई निर्देशन दिइएको सचिव उपाध्यायले बताए । सडक दुरावस्थाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा आउने पर्यटकलाई समेत नकारात्मक प्रभाव परेको स्थानीयवासी भुवन लामाले गुनासो गरे । सम्पदा क्षेत्रको मुख्य भागमा दैनिक ढल फुटेर दह जम्ने गरेको स्थानीयवासीको भनाइ छ । रासस

कालोपत्र चाबहिल–बौद्ध–जोरपाटी सडक ढल

विशेष