इतिहासमा आज समाज

जंगबहादुरको श्राद्ध !

जंगबहादुरको श्राद्ध !

फागुन २७ । नेपाल सरकारले सम्झिने पूर्वप्रधानमन्त्री हुन् श्री ३ जंगबहादुर राणा ।

जसको निधन भएको १ सय ४० वर्ष भइसक्दा पनि सरकारले श्राद्ध गराउँदै आएको छ । सरकारकै पहलमा फाल्गुन द्धादशी अर्थात हिजो राजधानीको थापाथलीमा रहेको कालमोचनघाटमा उनै राणाको श्राद्ध गरियो । जहानियाँ राणा शासनका पहिलो प्रधानमन्त्री राणाको हरेका वर्ष यसरी नै श्राद्ध गराइदै आएको छ ।

पण्डित गोविन्दप्रसाद कोइरालाले बिहिबार विहान विधिविधान अनुसार सरकारका तर्फबाट जंगबहादुरको श्राद्ध र पितृ तर्पण गरेको गुठी संस्थान शाखा कार्यालयक काठमाडौंका प्रमुख लेखनाथ सापकोटाले बताए ।

कान्तिपुर

Jangabahadur Rana

विशेष