भुवन केसीसँग त एकै पटकमा कायल भै सके गर्नु
नायिका सुस्मिता केसी अहिले नायक भुवन केसीसँग छुट्टिएर एक्लै बसेकी छन् । उनलाई सोधिएका केही चटपटे पश्न र त्यसको जवाफ हामीले साप्ताहिकबाट लिएका छौं त्यसको केही अंश
एक दिन प्रधानमन्त्री बन्नु भयो भने ?
मलाई मन नपरेका मन्त्रीहरुको राजीनामा मागेरै दिन बिताउने थिए ।
अचानक एक केजी सुन भेटियो भने ?
बेच्छु अनि त्यो पैसा गरिब दुःखीलाई बाँडिदिन्छु ।
विहान उठ्दा लिंग परिवर्तन भएर आफू पुरुष भएको थाहा पाउनु भयो भने ?
खै के पो गर्छु होला । सबैभन्दा पहिला अनमोललाई बोलाएर तेरा दुइवटा बुबा भए भन्थे ।
भुवन केसीले तपाईसम्ग फ्लट गर्न थाले भने के गर्नु हुन्छ ?
जिया केसीलाई फोन गरेर झगडा गराइदिन्छु ।
भुवन केसीले फेरी विवाह गरौ भनेर जिद्दी गरे भने नि ?
म गर्दिनँ । एक पटकमै कायल भैसकेँ, अब फेरि फेरि गर्दिन ।
susmita kc