मनोरञ्जन

ओस्कार अवार्डमा भोका नागरिकको पेट भरेर रमाइलो गरिन हलिउड अभिनेत्री फ्रिडाले

ओस्कार अवार्डमा भोका नागरिकको पेट भरेर रमाइलो गरिन हलिउड अभिनेत्री फ्रिडाले

फागुन २७ । हालसालै सम्पन्न ओस्कर समारोहमा सहभागी भएर धेरैले रमाइलो गरे ।

भेटघाट, खानपिन, नाचगान आदि गरेर रमाइलो गर्ने धेरै थिए । तर, ओस्कर पुरस्कार वितरण समारोह सकिएपछि हलिउड अभिनेत्री फ्रिडा पिन्टोले रमाइलो गरिन् । उनले ओस्कर समारोहमा अतिथिले खाएर बचेको खानाले आठ सय भोका मानिसको पेट भरेर रमाइलो गरेकी छिन् ।

समाजसेवामा सक्रिय फ्रिडा अभावमा रहेकाको सेवा गर्न पाउँदा आफू खुशी हुने बताउँछिन् । ‘ओस्कर पुरस्कार वितरण सकिएपछि हुने पार्टीमा सधँै खाना बच्ने गथ्र्यो । यसपालि मैले कोपिका नाम गरेको एनजीओसँग मिलेर बाँकी रहेको खाना बटुलेँ र सडकमा भोकै रहेका मानिसलाई खुवाएँ,’ उनले भनिन् ।

Frida Pinto

विशेष