स्वास्थ्य

३४ वर्ष पछि वीर अस्पतालमा मानसिक उपचार सुरु हुने

३४ वर्ष पछि वीर अस्पतालमा मानसिक उपचार सुरु हुने

फागुन २७ । वीर अस्पतालले आगामी चैत २ गतेदेखि मानसिक रोगको उपचार सेवा पुन सुरु गर्ने भएको छ ।

पाटनस्थित मानसिक अस्पतालसँगको सहकार्यमा ३४ वर्षपछि पुन मानसिक उपचार सेवा सुरु गर्न लागेको अस्पतालका निर्देशन डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । वीरमा रहेको मानसिक उपचार युनिट यसअघि वि.सं. २०३९ मा पाटनस्थित मानसिक अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

वीरमा २०३९ देखि मानसिक उपचार सेवा बन्द भएको थियो, अब हामीले यसलाई पुन सञ्चालन गर्ने भएका छौँ उनले भने, अस्पतालमा आएका मानसिक बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न नपरोस, बिरामीले राम्रो सेवा पाऊँन भनेर नै यसलाई पुन सञ्चालन गर्न लागिएको हो, उनले भने ।

Health

विशेष