मनोरञ्जन

सोनम कपुरलाई आमाको विवाह गर्ने सल्लाह

सोनम कपुरलाई आमाको विवाह गर्ने सल्लाह

फागुन २७ । बलिउड अभिनेत्री सोनम कपूर आफ्नो प्रेमका कुराहरु खुलेआम गर्न मान्दिनन् । मिडियालाई आफ्ना प्रेमी आनन्द आहुजासँगको प्रेम समबन्धबारे जवाफ दिन उनी रुचाउँदिनन् ।

भारतको एक चर्चित म्यागजिनका अनुसार सोनम र आनन्दको सम्बन्धलाई लिएर सोनमकी आमा सुनिता कपूरले आफ्नो धारणा पोखेकी छिन् । सुनिता यो वर्ष सोनमले विवाह गरिदियोस् भन्ने चान्छिन् ।

रिपोर्टअनुसार सुनिता कपूरलाई सोनम र आनन्दको जोडि एकदमै मनपर्छ । उनी यही वर्षभित्रमा यी दुईको विवाह होस् भन्ने चाहन्छिन् । आनन्द दिल्लीका नाम चलेका बिजनेसम्यान हुन् जोसँग सोनम दुई वर्षदेखि डेट गर्दै आएकी छिन् ।

Sonam Kapoor

विशेष