खेल

फिलिपिन्स विरुद्ध खेल्ने २७ खेलाडिको छनोट, को को परे

फिलिपिन्स विरुद्ध खेल्ने २७ खेलाडिको छनोट, को को परे

फागुन २७ । एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत फिलिपिनस विरुद्ध हुने खेलका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट जापानी प्रशिक्षक ग्योतुकु कोजीले छनोट गरेका छन् ।

क्लोज क्याम्पका लागि दोस्रो चरणमा २७ खेलाडी छनोट गरेका हुन्। फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण यसअघि नै राष्ट्रिय टीमबाट बाहिरिसकेका छन् ।

यस्तै पहिलो पटक प्रशिक्षमा बोलाइएका विश्व अधिकारी, बिमल पाण्डे, युवराज खड्का र रवि पासवान दोस्रो चरणमा अटाएनन् । नयाँमध्ये बिमल बस्नेत भने २७ खेलाडीको सूचीमा परेका छन्।

गोलरक्षकः किरण कुमार लिम्बु बिकेश कुथु, विशाल श्रेष्ठ, एलान न्यौपाने डिफेन्डरः रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, जितेन्द्र कार्की, बिमल बस्नेत मिडफिल्डरः रोहित चन्द, मान बहादुर तामाङ, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल फरवार्डः विमल घर्ती मगर, रन्जन विष्ट, अनिल गुरुङ, भरत खवास, कर्ण लिम्बु

2 squard Anfa

विशेष