मनोरञ्जन

बलिउडका चर्चित टेलिभिजन कलाकार, आमाको रोलमा मात्रै

बलिउडका चर्चित टेलिभिजन कलाकार, आमाको रोलमा मात्रै

फागुन २७ । एक समय थियो जब बलिउड टिभी इन्डस्ट्रिमा ‘कसौटी जिन्दगी की’, ‘क्योकी सास भी कभी बहु थी’, ‘कुमकुम’ र ‘बिदाई’ जस्ता सिरियलको ठूलै चर्चा हुन्थ्यो ।

यी सबै सोहरुलेले दर्शकमाझ आफ्नो आफ्नै लोकप्रियता कायम राखेका थिए । यसकासाथै यी टेली सिरियलका लिड अभिनेत्रीहरु पनि ‘बेस्ट बह’ु र ‘बेस्ट छोरी’ को नामले दर्शकमाझ परिचित थिए । तर, अहिले यी अभिनेत्रीहरुको दबदबा खतम भइसकेको छ । उनीहरु अहिले आमाको भूमिकामा की साइड रोलमा मात्र सिमित भएका छन् ।

जुही परमार — चर्चित टेलिसिरियल ‘कुमकुम’ बाट रातारात चर्चामा आएकी अभिनेत्री हुन् जुही परमार । तर,अहिले उनलाई आमाको भूमिकाको मात्र अफर आउने गर्छ ।

स्वेता तिवारी — स्वेता तिवारी टेलिसिरियल ‘कसौटि जिन्दगी की’ मा प्रेरणाको रोल गर्ने अभिनेत्री हुन् । कुनै समयकी बेस्ट अभिनेत्रीको सूचिमा छाएकी स्वेता पनि अहिले आमाकै भूमिकामा सिमित रहेकी छिन् ।

पारुल चौहान — कुनै समयको लोकप्रिय टेलिसिरियल ‘बिदाई’ मा रागीनीको भूमिकामा रहेकी पारुल चौहानलाई बिदाइबाट धेरै चर्चा मिल्यो । तर, उक्त सो पछि पारुलले लिड रोलमा अरु कुनै पनि सोमा आफूलाई स्थापित गराउन सकिनन् । अहिले उनी ‘ये रिस्ता क्या कहलाता है’ नामक सिरियलमा साइड रोलमा छिन् ।

Teleserial

विशेष