खेल

करण केसीलाई पनि एपेण्डिक्स, केन्याविरुद्धको खेल नखेल्ने

करण केसीलाई पनि एपेण्डिक्स, केन्याविरुद्धको खेल नखेल्ने
फागुन–२७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी शनिबार केन्याविरुद्धको खेलमा नखेल्ने भएका छन् । केसीको स्वास्थ्यमा समस्या देखिएपछि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् । पेट दुख्ने र वान्तासमेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । जानकारी अनुसार उनलाई एपेण्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने भएको छ । यसअघि कप्तान पारसपनि एपेण्डिक्सको कारण भारतमा भएको अभ्यास खेलमा जान सकेका थिएनन् । उनको स्थानमा कसलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन । आइसीसीले स्वीकृत गरेपछि उनको स्थानमा अर्का खेलाडी ल्याइने बताइएको छ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले भोलि शनिबार केन्याबिरुद्ध कीर्तिपुर मैदानमा एकदिवशीय म्याच खेल्दैछ ।

करण केसी क्रिकेट स्वास्थ्य

विशेष