समाज

डोल्पामा भारी हिमपात, जुफाल विमानस्थल अवरुद्ध

डोल्पामा भारी हिमपात, जुफाल विमानस्थल अवरुद्ध
फागुन–२७ । डोल्पामा भारी हिमपात भएको छ । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । शुक्रबार बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ । यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ । त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । भारी वर्षातका कारण  विमानस्थलमा बिहीबार पनि उडान/अवतरण हुन सकेको थिएन । रासस

डोल्पा विमानस्थल अवरुद्ध हिमपात

विशेष