समाज

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
फागुन–२७ । भक्तपुरकाे  सूर्यविनायक नगरपालिका–८ प्रहरी चेकपोस्ट नजिकै जगातेबाट सल्लाघारी जाँदै गरेको बा. ३ ख. ८८१८ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका भक्तपुर बस्ने सुदिप तामाङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । त्यस्तै बिहीबार सल्लाघारीबाट जगाते जाँदै गरेको बा. ३ ख. ७९३१ को ट्रकले पैदल यात्री भक्तपुर नगरपालिका–८ का ८२ वर्षीय कुमार खाइतुको मध्यपुर अस्पतालमा उपचारको क्रममा शुक्रबारै मृत्यु भएको छ ।

ठक्कर पैदलयात्री भक्तपुर मृत्यु

विशेष