समाज

कुरिनटारमा दुर्घटना, ११ घाइते

कुरिनटारमा दुर्घटना, ११ घाइते
फागुन–२७ । दारेचोक गाविस–३ कुरिनटारस्थित पृथ्वीराजमार्गमा शुक्रबार बिहान ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ६ ख २४७८ नम्बरको बस एकआपसमा ठोक्किँदा बसमा सवार ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि काठमाडाैँ र भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

कुरिनटार दुर्घटना पृथ्वीराजमार्ग

विशेष