खेल

नेपालगन्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

नेपालगन्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश
फागुन–२७ । नेपाल पुलिस क्लब टुबर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार नेपालगन्ज रंगशालामा भएको खेलमा आयोजक नेपालगन्ज ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिसको लागि हरि कठायत र भरत शाहीले गोल गरे भने नेपालगन्जको लागि रेजिन सुब्बाले एक गोल गरे । खेलको ३४ औं मिनेटमा हरिले गोल गर्दै पुलिस क्लबलाई सुरुवाति अग्रता दिलाए । त्यसको २ मिनेटमै भरतले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । खेलको ६७ औं मिनेटमा नेपालगन्जका लागि रेजिनले एक गोल मात्र फर्काउन सफल भए । उत्कृष्ट प्रदर्शन गरेका नेपालगन्जका सुब्बा ‘म्यान अफ द म्याच’ घोषित भए । शनिबार संकटा क्लब र सशस्त्र प्रहरीको क्लबबीच खेल हुनेछ ।

नेपाल पुलिस क्लब नेपालगन्ज गोल्डकप फुटबल

विशेष