खेल

नेपाल र केन्याबीचको खेलको लागि खेलाडी तयार, वर्षातको कारण खेल समय अन्यौलमा

नेपाल र केन्याबीचको खेलको लागि खेलाडी तयार, वर्षातको कारण खेल समय अन्यौलमा
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार र सोमबार केन्याविरुद्ध हुने खेलको लागि नेपाली टोली तयारी अवस्थामा रहेको छ । तर शुक्रबार परेको पानीको कारण खेल कुन समयमा सुरु हुने भन्ने अन्यौल छ । विहान ९ बजे टस गरेर साढे ९ बजेदेखि सुरु हुने भनिएको खेल अम्पायरले मैदानको अवस्था हरेर खेलबारे टुंगो लाग्ने छ । अम्पयारले हेरेपछि खेल अलि ढिलो सुरु गर्ने, ओभर घटाउने वा आइतबार लागि तय हुनेछ । खेल ढिलो सुरु भएर शनिबार पहिलो इनिङ भ्याइएमा दोस्रो इनिङ भने आइतबार हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको लागि नेपाली राष्ट्रिय टोलीले २ महिनादेखि नियमित अभ्यास गरिरहेको छ । साथै केही समयअघि मात्र भारतमा खेलको तयारीको लागि अभ्यास खेल खेलेर आएको थियो । लिग तालिकाको शीर्ष चारमा रहँदै सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी एकदिवसीय वल्र्ड कप क्वालिफायरमा छनोट हुनको लागि शनिबार र सोमबार हुने उक्त खेल केन्या र नेपाल दुवै टोलीको लागि निकै महत्वपूर्ण छ । ८ खेल खेलको नेपाल ६ अंकका साथ लिगको छैठौं स्थानमा छ भने समान खेल खेलको केन्या ८ अंकका साथ पाँचौ स्थानमा छ । क्वालिफायर छनौटको आशा जीवित राख्न नेपालले केन्यालाई दुई खेलमै पराजित गरेर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ । त्यसपछि हङकङ र युएईलाई पनि हराउनु पर्ने हुन्छ । नेपालले ८ खेलमध्ये ३ मा जित र पाँचमा हार व्यहोरेको छ । तर अहिलेसम्म अपराजित रहेको नेदरल्याण्डसलाई पराजित गरेर नेपालले आफ्नो क्षमता रहेको पुष्टि पनि गरिसकेको छ । नेपालले यसअघि कीर्तिपुर मैदानमै नामिबियाविरुद्ध भएको दुई खेलमै विजयी हासिल गरेको थियो । तथापि नेपाली राष्ट्रिय टोलीका बलर करण केसी भने खेल खेल्न नसक्ने भएका छन् । उनलाई बिहीबारमात्र एपेण्डिक्स भएर अस्पताल भर्ना गरिएको र अप्रेशन गर्नु पर्ने भएपछि उनलाई केन्याविरुद्धको खेल मैदानमा देख्न नपाउने भएको हो ।

आइसिसी वल्र्ड क्रिकेट लिग क्रिकेट नेपाल र केन्या

विशेष