खेल

घाम लागेसँगै नेपाल र केन्याबीचको खेल हुने, पारस नखेल्ने

घाम लागेसँगै नेपाल र केन्याबीचको खेल हुने, पारस नखेल्ने
फागुन–२८ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शनिबार हुने भनिएको नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन् । एपेण्डिक्सको अपरेशन गराएका पारसलाई खेल्न गाह्रो हुने भएकाले उनी शनिबारको खेलमा सहभागि हुने छैनन् । उनी सँगै नेपाली बलर करण केसीलाई पनि एपेण्डिक्स भएर अपरेशन गराउनु पर्ने भएकाले टोलीमा समावेश हुने छैनन् । वर्षातको कारण तोकिएको समयमा हुन सकेको खेल घाम लागेसँगै कीर्तिपुरको क्रिकेट मैदानमा हुने लक्षण देखिएको छ । शनिबारको खेलको लागि ज्ञानेन्द्र मल्लले कप्तानी सम्भाल्ने छन् । फेरि पानी नपरे एक घण्टा भित्र खेल सुरु हुनेछ । तर खेल कति अाेभरकाे खेलाइने भने निश्चित छैन । विहान देखि वर्षात भएपनि मैदानमा दर्शकहरु आउने क्रम जारी नै छ । मैदानमा दर्शक नेपाली टोलीको समर्थन गर्दै हुटिङ गरिरहेका छन् । शनिबार र सोमबार हुने भनिएको उक्त खेल २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौटको लागि दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।

आइसिसी वल्र्ड क्रिकेट लिग केन्या क्रिकेट नेपाल पारस खड्का

विशेष