खेल

नेपालको कमजोर ब्याटिङ, ३१ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन

नेपालको कमजोर ब्याटिङ, ३१ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन
फागुन–२८ । कीर्तिपुरको क्रिकेट मैदानमा जारी आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार नेपाल र केन्याबीचको खेल भइरहेको छ । बिहान ९ बजे सुरु हुने भनिएको खेल वर्षाको कारण ढिला सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ । खेलमा पहिलो ब्याटिङ गरिरहेको नेपाल भने केन्याको बलिङको अगाडि राम्रो सँग टिक्न सकिरहेको छैन । नेपालले ३१ ओभरको समाप्तिसम्म ८ विकेट बनाएर ८२ रन जोडेको छ । नेपालको अहिलेसम्म सर्वाधिक रन शनिबारको खेलको कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडेर आउट भएका छन् । त्यस्तै गरि दिपेन्द्र सिंह ऐरीले १९, सागर पुन १०, विनोद भण्डारी ४, शरद भेष्वाकर ३, मेहवुब अलाम २ रन जोडेर आउट भइसकेका छन् । अहिले भने नेपालको लागि साेमपाल कामी र शक्ति गौचनले ब्याटिङ गरिरहेका छन् ।

आइसिसी वल्र्ड क्रिकेट लिग क्रिकेट नेपाल ब्याटिङ

विशेष