वर्षाले रोकियो नेपाल र केन्याबीचको खेल
फागुन – २८ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो दिनको खेल रोकिएको छ । काठमाडौंस्थित कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच चलिरहेको खेल वर्षका कारण ३६ ओभारमा रोकिएको हो ।
नेपालले ८ वइकेटको क्षतिमा ११२ रन जोडेको छ । आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका थिए ।
बर्षाका कारण निर्धारित सयमभन्दा ढिलो गरी खेल ५० ओभरबाट झारेर ३८ ओभरको बनाइएको थियाे । केन्याले टस जितेर बलिङ रोजेको थियो ।
नेपाल - केन्या