समाज

कञ्चनपुर घटनाः आनन्द बजार निषेधित क्षेत्र घोषणा

कञ्चनपुर घटनाः आनन्द बजार निषेधित क्षेत्र घोषणा
फागुन - २८ । कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा अवरोध पुर्‍याउँदै चलाएको गोली लागेर पुनरवास नगरपालिकाका गोविन्द गौतमको विहिबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए । आनन्द बजार चोक देखि पूर्व,पश्चिम,उत्तरमा पाँच/पाँच सय मिटर सम्म र दक्षिणमा नेपाल —भारत सीमा सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताए । निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समुह बनाएर हिड्न र प्रदर्शन गर्ने लगाएतका गतिविधि गर्न पाइँदैन । घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर आजै कञ्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । गौतमको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ ।

Kanchanpur kanchanpur incident

विशेष