खेल

नेपाल र केन्याबीच रोकिएको खेल पुनः सुरु

नेपाल र केन्याबीच रोकिएको खेल पुनः सुरु
फागुन – २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिभुवन विश्वविद्यालयको मैदान किर्तिपुरमा नेपाल र केन्याबीचको खेल वर्षका कारण रोकिएर पुन सुरु भएको छ । केन्याले २१ ओभर २ बलको खेलेर ५ विकेटको क्षतिमा ८० रनसहित ब्याटिङ गरिरहेको छ । बारम्बार वर्षाले बाधा पुर्याएको सो खेलमा नेपालले केन्यालाई १ सय ४ रनको चुनौती दिएको थियो । वर्षाका कारण ५० ओभरको खेललाई सुरुमा ३८ ओभरमा छोट्याइएको थियो। तर, नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाइसकेको स्थितिमा पुनः पानी परेको थियो । त्यसपछि नेपालले बाँकीको २ ओभर खेल्न पाएन । फेरि ओभर घटाउँदा केन्याले डकवर्थ एन्ड लुइस नियमको आधारमा २९ ओभरमा १ सय ४ रनको लक्ष्य पाएको हो । फेरि पनि वर्ष भए डकवर्थ लेविस नियमका आधारमा विजेता घोषणा गरिने छ ।

विशेष