खेल

नेपालगञ्ज गोल्डकप: संकटा सेमिफाइनलमा

नेपालगञ्ज गोल्डकप: संकटा सेमिफाइनलमा
फागुन - २८ । संकटा क्बल नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगञ्ज रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई दुई एक गोल अन्तरले हराउंदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको ५५ औं मिनेटमा श्याम नेपालीको गोलमार्फत अग्रता लिएको सशस्त्रले त्यसलाई जोगाउन नसक्दा खेलको ७२ औं मिनेटमा संकटाका रवि सिलवालले गोल गर्दै बराबरी गोल फर्काएका थिए । त्यस पछि ७८ औं मिनेटमा संकटाका राज पौडेलले अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । प्रतियोगिताअन्र्तगत भोलि मनाङ मस्र्याङदी क्लबले रूपन्देही–११ को सामना गर्नेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

नेपालगञ्ज गोल्डकप

विशेष