खेल

दिदीबहिनी कपः उपाधिका लागि डायमण्ड र एपीएफ भिड्ने

दिदीबहिनी कपः उपाधिका लागि डायमण्ड र एपीएफ भिड्ने
फागुन - २८ । पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् । शनिबार भएका पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबलाई २५–११,२५–१५ र २५–१८को सोझो सेटले हराउँदै एपीएफले फाइनलको यात्रा तय गरेको होे । अर्को सेमिफाइनलमा नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै न्यु डायमण्डले चिरपरिचत प्रतिद्वन्द्वी एपीएफस“गको भेट पक्का ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट भने पुलिसले २७–२५ आफ्नो पक्षमा पारेपछि खेल निकै रोमाञ्चक बन्यो । तर, त्यसपछि न्यु डायमण्डले लगातार तेस्रो २५–१५ र चौथो २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा सुनिश्चित ग¥यो ।प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

दिदीबहिनी कप

विशेष