खेल

आर्सनल र म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

आर्सनल र म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश
फागुन २९ । शीर्ष क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राती भएको खेलमा नन लिग क्लब लिंकन सिटीलाई ५-० ले हराउँदै आर्सनल अन्तिम चारमा पुगेको हो । खेलमा आर्सनललाई विजयी गराउन थियो वाल्कोट, ओलिभर जिरु, अलेक्सीस सान्चेज र आयरन राम्सेले एक–एक गोल गरे । लिंकन सिटीका वाटरफलले एक आत्माघाती गोल गरेका थिए । राती नै भएको अर्को खेलमा मिडिल्सब्रोलाई २-० ले हराउँदै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ । म्यान सिटीको जीतमा डेभिड सिल्भा र सर्जीयो अगुएरोले एक–एक गोल गरे । एफए कप फुटबलमा आज टोटनह्याम हट्सपर र मिल्वाल भिड्दा भोलि राती चेल्सीले म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ ।

Afa cup

विशेष