समाज

राष्ट्रिय सहिदको शवलाई महानगरपालिकाको फोहोर उठाउने गाडीमा !

राष्ट्रिय सहिदको शवलाई महानगरपालिकाको फोहोर उठाउने गाडीमा !

फागुन २९ । मातृभूमिको रक्षार्थ लड्दालड्दै मृत्यु भएका कैलाली पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने भनिए पनि अहिलेसम्म शव उठ्न सकेको छैन ।

धनगढी महानगरपालिकाको फोहर उठाउने गाडी ल्याएर शव राख्न खोजेर सहिदको अपमान गरेको भन्दै आफन्तले शव उठाउन नदिएपछि अहिले सर्वसाधारणले फेरी धनगढी बजार बन्द गराउँदै हिँडेका छन् ।

गौतमको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । अस्पतालदेखि स्थानीय दोधा नदीसम्म हुने शवयात्रामा सहभागी हुन सयौं सर्वसाधारण भेला भएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गत बिहीबार मृत्यु भएका गौतमको अन्त्येष्टिमा ११ तोपको सलामी दिने निर्णय सरकारले गरेको थियो ।

सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

Gobinda Gautam

विशेष