खेल

रोनाल्डो जुम्ल्याहा सन्तानका पिता बन्दै

रोनाल्डो जुम्ल्याहा सन्तानका पिता बन्दै
    फागुन–२९ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बन्ने भएको छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्रिष्टियानो जुनियर जन्मिएको सात वर्षपछि रोनाल्डो जुम्ल्याहा छोरोको पिता बन्न लागेका हुन् । क्रिष्टियानो जुनियर सन् २०१० मा सरोगेसी मदरको कोखबाट जन्म लिएका थिए । यसपटक भने जुम्ल्याहा सन्तानको जन्म दिँदैछिन् । सेरोगेट अमेरिकी महिला रहेको उल्लेख गरिएको छ । तथापि अहिले रोनाल्डो स्पेनिस मोडल जर्जिना रोड्रिग्वेसँग डेट गरिरहेका छन् । रोनाल्डो परिवार भने दुई नयाँ सदस्यलाई स्वागत गर्न आतुर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तान पिता सरोगेसी मदर

विशेष