सार्वजनिक इनारमा शव भेटियाे

फागुन–२९ । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आइतबार एक पुरुषको शव भेटिएको छ ।
करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिए । घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उनले जानकारी दिए । रासस
चाँगुनारायण
शव
सार्वजनिक इनार
हरि खड्का