नेपाली सेनाका होमलाल तेस्रो लम्बिनी पिस म्याराथनका विजेता
फागुन–२९ । नेपाली सेनाका होमलाल श्रेष्ठले लुम्बिनी पिस म्याराथनको तेस्रो संस्करणको उपाधि जितेका छन् ।
४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गर्दै होमलालले उपाधि जितेका हुन् । सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्केको दिन फाल्गुन शुक्ल पूणिर्माको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित पिस म्याराथन कुदान, तिलौराकोट, दोहनी हुँदै म्याराथन मायादेवी बगैंचामा पुगेर म्याराथन सम्पन्न भएको थियो ।
सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङ सहित दोस्रो र नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो भए । भाटले २ घण्टा २४ दशमलव ४१ सेकेण्डमा दौड पूरा गरे ।
विजेता श्रेष्ठले १ लाख नगद हात पारे भने दोस्रो भएका पार्कीले ७५ हजार र तेस्रो भएका भाटले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथको उपाधि टंक पुनले जितेका छन् । पुनले १ घण्टा ९ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरेका थिए ।
आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव २८ सेकेण्ड र आर्मीकै टीकाराज कट्वालले १ घण्टा १० दशमलव ३१ सेकेण्डमा दौड पुरा गरी क्रमशः दोश्रो र तेस्रो भएका छन् । हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैया प्राप्त गरे ।
प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता थियो । २–२ जना चिनियाँ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका १–१ जनाले भाग लिएका थिए ।
उपाधि
लुम्बिनी पिस म्याराथन
होमलाल श्रेष्ठ