होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

फागुन–२९ । महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ ।
परिसरबाट खटिएको टोलीले आइतबार उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्धुम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए । रासस
उच्छृङ्खल गतिविधि
पक्राउ
होली