ब्राउन सुगरसहित दुई जना पक्राउ

फागुन–२९ । लागु औषध ब्राउन सुगर सहित प्रहरीले दाङको घोराहीबाट दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १८ रझेना निबासी ३० बर्षिय बसन्त सेजवाललाई २२ पुरीया र घोराही उपमहानगरपालिका २ कुईरेपानीका भुपबहादुर बुढा मगरलाई २१ पुरीया ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ गरेका बुढामगरको साथबाट प्रहरीले रा ३ प ३४९६ नम्बरको मोटरसाईकल र ११ हजार ६ सय नगद रुपैयाँ समेत बरामद गरेको जनाइएको छ ।
पक्राउ परेका दुवैलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइएको वडा प्रहरीले जनाएको छ ।
दाङ
पक्राउ
ब्राउन सुगर