नेपालगन्ज गोल्ड कप : रुपन्देही सेमिफाइनलमा

फागुन–२९ । नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन। खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक/एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।
नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत साेमबार पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ । रासस
नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता
रुपन्देही ११
सेमिफाइनल